कांग्रेसमा मोरङबाट मात्रै १९ उम्मेदवार

congresकाठमाडौं- कांग्रेसको आसन्न १३औँ महाधिवेशनमा मोरंङ जिल्लाबाट १९ जनाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आउँदो फागुन-२० गतेदेखि राजधानीमा सुरु हुने महाधिवेशनमा उहाँहरुले उमेदवारी दिने घोषणा गर्दै आफ्नो चुनावी प्रचारप्रसार सुरु गर्नुभएको छ ।

वर्तमान केन्द्रीय सदस्यहरु महेश आचार्य, आमोद उपाध्याय, डा मीनेन्द्र रिजाल, गुरुराज घिमिरे, अशोक कोइराला, डा डिला सङ्ग्रौला भुटनीदेवी खवास, कविता सरदारले उम्मेदवारी दिनुहुने तयारीमा रहनुभएको छ ।

यसैगरी, अमृत अर्याल, वासु कोइराला, दामोदर कोइराला, हसन अन्सारी, भीमलाल गहतराज, लोकप्रसाद सङ्ग्रौला हरिलाल सिंह, मृदुला कोइराला, रुकमिणी कोइराला इन्दु कार्की, नीता आचार्य पनि उम्मेदवार हुनुहुनेभएको छ ।

अमृत अर्याल र वासु कोइरालाले १ नं प्रदेशबाट तथा हसन अन्सारीले मुसलिम कोटा तथा दलितबाट भीम गहतराजले उम्मेदवारी दिनुहुने जनाइएको छ ।

नेत्री सुजाता कोइरालाले पार्टी सभापतिमा र डा शेखर कोइरालाले पार्टी महामन्त्री पदमा उम्मेदवारी दिने बताइएको छ ।