काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले चार मन्त्री थप गरेका छन् ।
थपिएका मन्त्रीले राष्ट्रपतिसमक्ष सपथ लिएका छन् । थपिने मन्त्रीहरुमा जनमुक्ति पार्टीका शिवलाल थापाले विज्ञान तथा प्रविधी, समाजवादी पार्टीका प्रेमबहादुर सिंहले खानेपानी तथा सरसफाई, परिवार दलका एकनाथ ढकाल विना विभागीय र राप्रपाका दीपक बोहरा श्रम तथा रोजगार छन् ।
यसअघि नै मन्त्री भएका विश्वेन्द्र पासवान जनसंख्या तथा र शान्ता मानवीले शान्ति तथा पुनर्निर्माण मन्त्रालय पाएकी छन् ।
तीन मन्त्रालय टुक्र्याइयो सरकार विस्तार गर्दा सत्ता पक्षमा रहेका दलहरुलाई भाग पुर्या उन सरकारले मन्त्रालय टुक्रयाउने निर्णय गरेको छ ।
स्वास्थ्य मन्त्री रामजनम चौधरीका अनुसार अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्या झिकिएको छ भने विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण झिकेर नयाँ मन्त्रालय जनसंख्या तथा वातावरण बनाइएको छ ।
सहरी विकास मन्त्रालयलाई फुटाएर सरसफाई तथा खानेपानी मन्त्रालय बनाइएको छ ।
राज्यमन्त्री पनि थपिए सरकारमा ५ नयाँ राज्यमन्त्री पनि थपिएका छन् । थपिनेमा दामोदर भण्डारी, मन्जु चौधरी, दिनेशचन्द्र यादव, बलबहादुर महत र दीपनारायण साह छन् ।






