दाहालको विश्लेषण, ‘मधेसी मोर्चा अब मौन बस्न सक्छ’

prachanda

काठमाडौं– एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चा मौन बसेर भए पनि संविधान संशोधनमा सहयोग गर्ने विश्लेषण गरेका छन् ।

‘मेरो प्रयास संविधान संशोधनको भाषामा सहमति गर्नेमा हुनेछ । उहाँहरुले सीमांकन नमिलुन्जेलसम्म हस्ताक्षर त गर्नु हुन्न भन्ने मलाई लाग्छ,’ दाहालले काठमाडौंमा बिहीबार पत्रकारहरुसँग भने ।

दाहालले तर पुनर्निर्माण प्राधिकरण विधेयकलाई अनुमोदन गर्न मौन बसे झैँ संविधान संशोधन विद्येयकमा पनि मौन बसेर सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छलफलबाट संविधान संशोधन विधेयकको भाषामा सहमति जुटाउने विश्वास ब्यक्त गर्दै आफूले सहमतिको लागि सरकार र प्रमुख प्रतिपक्षी दलहरुसँग पनि कुरा गरिरहेको बताए ।