बलात्कार गर्नेलाई १० वर्ष कैद सजाय

इलाम, १७ चैत । सुस्त मनस्थिति भएकी १७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका इलाम माइपोखरी–३ का ४९ वर्षीय दिलबहादुर राईलाई जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको छ ।
विसं २०६९ मा ती बालिकालाई बलात्कार गरेर मुलतबीमा रहेको राईको मुद्दामाथि जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले आज उक्त फैसला गरेको हो ।
राईलाई जबरजस्ती करणी महलको ३ (४) अनुसार पाँच वर्ष र सोही महलको ३ (क) नम्बरअनुसार थप पाँच वर्ष कैद सजाय सुनाइएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।
राईबाट रु २० हजार पीडितलाई क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ ।