काठमाडौँ, १७ चैत । सरकारले मेडिकल कलेजको सम्बन्धनलाई लिएर अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा कानुनसम्मत रुपमा लचिलो भएर समस्या समाधान गर्ने निर्णय गरेको छ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले कानुनसम्मत रुपमा लचिलो भएर डा केसीका मागलाई सम्बोधन गरी उहाँको अनशन फिर्ता गराउने निर्णय गरेको हो ।
डा केसीको मागका सम्बन्धमा वार्ता गर्न यसअघि शिक्षा मन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र मुख्यसचिव रहेको वार्ता समिति गठन गरिएको थियो । समितिको सहयोगीका रुपमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षले काम गर्दै आउनुभएको छ ।
डा केसीको मागमा लचिलो हुने






