चर्चित यूवा ज्योतिषको रुपमा प्रख्यात हरिहर अधिकारी अब चलचित्र जगतमा अनुभव बटुलन तम्सिएका छन् । विदेशमा समेत थुप्रै अवार्ड जितिसकेका हरिहरले ‘ए मेरो हजुर २’मा कथा लेखेर चलचित्र क्षेत्रप्रति आफ्नो झुकाव प्रस्तुत गरेका थिए र अब भने आँफै कलाकारका रुपमा चलचित्र ‘शुभ लभ’बाट डेब्यू गर्न लागेका छन् ।
भदौको दोश्रो साताबाट निर्माण हुन लागेको चलचित्र ‘शुभ लभ’बाट नायकको रुपमा चलचित्र क्षेत्रमा हरिहर डेब्यू गर्ने तयारीमा छन् साथमा सन् २०१७ कि ‘मिस टिन’ कृष्टिन पौडेल र डाक्टर सूर्य थापाले पनि यो चलचित्रबाट डेब्यू गर्न लागेका हुन् । बुद्ध इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता प्रदिपकुमार उदय हुन् भने निर्देशक सन्तोष बाबु लोहरी हुन् ।
चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झा, प्रदिप बाँस्तोला लगायतका कलाकारको पनि मुख्य भूमिका रहनेछ । प्रस्तुतकर्ता प्रदिपकुमार उदयले करिब १ बर्ष लामो छलफलपछि चलचित्र घोषणा गरेको सुनाए । कमेडी र लभस्टोरी कथामा निर्माण गरिने चलचित्रका नायक हरिहर आफुलाई अब भने ‘नायक ज्योतिष’ भन्न रुचाउछन् ।






