जापान । गैर आवासीय नेपाली संघ (एनसिसी) जापानको विशेष बैठकले नेपाल फेस्टिबल २०१८ सफल बनाउने निर्णय गरेको छ । एनसिसी जापाले फेस्टिबल सफल बनाउन विभिन्न विषयमा छलफल गदै सात बुँदे निर्णयसमेत गरेको छ ।
एनआरएन जापानका अध्यक्ष टासि वा लामाको अध्यक्षतामा जुलाई २२ तारिखका दिन बसेको बैठकले नेपाल फेस्टिबल २०१८ को विषयमा विशेष बैठक गरेको हो ।
एनआरए जापानका महासचिव बुद्धिराज घिमिरेका अनुसार बैठकले फेस्टिबल सफल बनाउन विविभ विषयमा महत्वपूर्ण निर्णय गरेको छ । महासचिव घिमिरेका अनुसार बैठकले नेपाल फेस्टिवल २०१८ को कार्यप्रगति जानकारी उपर छलफल गरि निर्णय गरिएको हो ।
एनआरएन जापानको बैठकले गर्यो ‘नेपाल फेस्टिबल २०१८’ सफल बनाउने निर्णय






