लन्डन – गैरआवासीय नेपाली संघ (एनआरएन) एसिया प्याशेफिकको सम्मेलन को रौनक बढेको छ । सम्मेलनमा विश्वभरीका एनआरएनएका नेतृत्व तहका एनआरएन हङकङमा पुग्ने क्रम जारी छ । सम्मेलन यही डिसेम्बेर ८ र ९ तारिखका दिन हुन लागिरहेको छ जसको तयारी पूरा भएको एनआरएन एसिया प्याशेफिक सम्मेलन तयारी समिति सदस्य सचिव एवं एनआरएन हङकङ अध्यक्ष राधिका गुरुङ (टिका ) ले जानकारी गराइन् ।

उनका अनुसार सम्मेलनको लागि एनआरएन एसिया प्याशेफिक संयोजक किरण थापा, एनआरएन प्रवक्ता भुषणा घिमिरे, एनआरएन ओसनीया क्षेत्रका क्षेत्रीय संयोजक धर्मराज अधिकारी पुगिसकेका छन् । सम्मेलनमा एनआरएनका संस्थापकअध्यक्षदेखि पूर्वअध्यक्ष आइसिसी पदाधिकारीसमेतको सहभागिता रहने जनाइएको छ ।

सम्मेलनमा क्षेत्रीय समितिमा आबद्ध चीनसहितका प्रतिनिधि गरि तीन सयभन्दा बढीको सहभागिता हुने अध्यक्ष टिका गुरुङले बताइन् । सम्मेलनको लागि लन्डनबाट एनआरएन आइसिसी उपाध्यक्ष कुल आचार्य ८ तारिखका दिन हङकङ जाँदैछन् ।






