चार्ल्टन समाजमा आयो नयाँ कार्यसमिति(नामावलीसहित )

लण्डन । चार्ल्टन नेपाली समाज यूकेमा नयां कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न संस्थाको अधिवेसनबाट कृष्ण खरेलको अध्यक्षतामा नयां कार्यसमिति सर्वसम्मतिमा चुनिएको हो ।

नयां कार्यसमितिको उपाध्यक्षमा रेखा खरेल र हरिकुमार मल्ल, सचिवमा राजु न्यौपाने, सहसचिवमा प्रकाशराज कंडेल, कोषाध्यक्षमा कृष्ण गैरे र सहकोषाध्यक्षमा दिलबहादुर जिसी आएका छन् । सदस्यहरुमा भने खड्क रेश्मी, भुवन खत्री, शुष्मा भण्डारी अर्याल, कृष्ण कुंवर, राम पाण्डे र धनबहादुर लामालाई चयन गरिएको छ ।

होम शर्माको संयोजकत्वमा गठित निर्वाचन समितिले कार्यसमिति चयनको काम गराएको थयो । संस्थाका निवर्तमान अध्यक्ष टंक कंडेलको नेतृत्वमा अधिवेसन सम्पन्न भएको थियो । २०११ मा स्थापित चार्ल्टन समाजलाई संस्थापक अध्यक्ष सुरज केसीपछि रोमनाथ पाण्डेले नेतृत्व गरेका थिए ।