वर्षा र जीवनको ‘तारा खसेछ’ सार्वजनिक

प्रकाश अर्याल ,
स्कटल्याण्ड  ।  स्कटल्याण्डमा बस्दै आउनु भएका  गायक सोहन घिमिरेको आवाजमा रहेको नयाँ गीत ‘तारा खसेछ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।
चर्चित नायिका वर्षा शिवाकोटी र नायक जीवन भट्टराई अभिनित म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा नायक भट्टराईले नायिका वर्षा राउतलाई “तारा खसेछ, भनु कि नभनु हजुर माया बसेछ ” भनेर मायाको प्रस्त्ताब गरेका छन्।
“डान्सिङ्ग नम्बर “को उक्त गीत पार्टी, बिबाह, भोजहरुमा चर्चित हुन थालेको छ। गायक घिमिरेको  “तीनजुरे अल्बम”मा समावेश  उक्त गीतमा  गायक सोहनकै शब्द रचना अनि संगीत रहेको छ भने बुद्ध स्यान्ग्वाको एरेन्ज रहेको छ ।
भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । उत्सब दाहालको छायांकन रहेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।