यूके । पर्बत वेलफेर सोसाइटी युके को सातौ कार्यसमितिको निर्वाचन तथा साधारणसभा आगामी डिसेम्बर १६ मा हुने भएको छ । साधाणसभा आइतबार दिउसो अल्डरसटको एम्पायर हलमा हुने भएको हो। सेप्टेम्बर ३० का दिन अल्डरसटको एम्पायर हलमा भएको बैठक ले संस्थापक अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा ५ सदस्यीय निर्बाचन समिति पनि गठन गरेको छ।
निर्बाचन समितिमा संस्थाका पुर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरि , सल्लाहकार धन बहादुर थापा, सल्लाहकार नारायण कोने गुरुङ सदस्य रहनुभएको छ भने सल्लाहकार तथा संस्थापक महासचिब युवन गुरुङ सदस्य सचिब रहनुभएको जानकारी संस्थाका अध्यक्ष दधि आचार्यले जानकारी दिए ।






