बेलायतबाट फर्कने दिन उपप्रधानमन्त्री थापा बेलायतको नेपाली डायस्पोरासंग (भिडियो सहित)

शिब भण्डारी,

लन्डन । आफ्नो तीन दिने बेलायत भ्रमण सकेर नेपाल फर्कनुअघि उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले बेलायतको नेपाली डायस्पोरालाई सम्वोधन गरेका छन् नेपाल फर्कनुअघि थापाले शनिबारसांझ लन्डनस्थित नेपाली दूतावासमा स्थानीय पत्रकारहरु र नेपाली संघसंस्थाका प्रतिनिधिसंग कुरा गर्दै भ्रमण अत्यन्त सफल भएको बताए । अति व्यस्त समयका कारण उनले कार्यक्रमको रुपरेखा जस्तो अन्तरक्रिया त गरेनन् तर सम्वोधनका क्रममा बेलायत नेपाल सम्वन्ध, बेलायती नेताहरुसंगको भेट, नेपालको नयां संविधान आदिबारे बोले ।press meet embassy 010press meet embassy 036

कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले सश्चालन गरेको उक्त कार्यक्रममा मन्त्री थापाले बेलायती समकक्षी फिलिप ह्यामण्ड, विदेश राज्यमन्त्री ह्युगो स्वायर र अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमण्ड स्वायनलाई बेग्ला बेग्लै भेटेर द्धिपक्षीय हितका कुरा, संविधानको विशेषता र नेपालको पुनर्निर्माणमा बेलायतको सहयोगबारे कुरा राखेको जनाए । उनीहरुले नेपालको नयां संविधान राजनीतिक प्रक्रियामा एउटा महत्वपूर्ण ‘कोसेढुंगा’ भएको बताएको पनि थापाले उल्लेख गरे ।

मन्त्री थापाले बेलायतका लर्ड चान्सलर एवं कानुनमन्त्री माइकल गोभलाई उनकै कार्यकक्षमा भेटी नेपाली सेनाका कर्णेल कुमार लामाको मुद्दा छिटो टुंगो लगाइदिन अनुरोध गरेको जनाए । थापाले बेलायती समकक्षी ह्यामण्डसंगको भेटमा भूपू गोर्खाहरुको माग सम्वन्धमा पहिलोपटक सशक्त र प्रभावकारी ढंगले कुरा राखेको पनि बताए ।

गैर आवासीय नेपाली संघ, बेलायत लगायत अन्य संघसंस्थाका प्रतिनिधि सहभागी कार्यक्रममा मन्त्री थापाले मोदी विरुद्ध नेपालीले लन्डनमा गरेको सशक्त प्रदर्शनको प्रशंसा समेत गरे ।