लण्डन । समृद्ध र समुन्नत नेपाल निर्माणको प्रक्रियामा गैरआवासीय नेपालीहरुको भुमिकाका विषयमा बेलायतमा एक बृहत अन्तरक्रिया गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको युवा विभागको संयोजनमा सम्पन्न म अनि मेरो मातृभुमि कार्यक्रमका वक्ताहरुले विदेशमा हुर्किरहेको नेपालीहरुको दोस्रो पुस्तालाई नेपालसंग जोड्नु र विदेशमा नेपाललाई बचाइराख्नु अहिलेको मुख्य आवश्यकता भएको धारणा व्यक्त गरे । बेलायतमा नेपालीहरुको बसोबास सुरु भएको ठाउंका रुपमा नेपाली समुदायसंग ऐतिहासिक सम्बन्ध राख्ने बेलायतको टिडवर्थस्थित टिडवर्थ ग्यारिसन थिएटरमा कार्यक्रम आयोजना गरिएको थियो । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रमा एनआरएनका अगुवाहरु तथा कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दोस्रो सत्रमा नेपालका चर्चित पत्रकार दिलभुषण पाठकले सहजिकरण गरेको अन्तरक्रियामा अभिनेता राजेश हमाल, राजदूत डा सुवेदी, एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्य र एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले प्यानलिस्टको रुपमा भाग लिएका थिए । कार्यक्रमका विशिष्ट अतिथी अभिनेता राजेश हमालले नेपालले पछिल्ला केहि दशकमा हासिल गरेको आर्थिक समुन्नति, विकास र नेपालीहरुको जिवनस्तर उकास्ने कार्यको लागि सबैभन्दा ठूलो भुमिका विदेशमा बस्ने नेपालीहरुबाटै भएको बताए । नेपालले समृद्ध राष्ट्र निर्माणको लागि लिएको लक्ष्य पनि गैरआवासीय नेपालीहरुको साथ र सहभागिता बिना पूरा हुन नसक्ने धारणा उनको थियो ।
आफुले बेलायतसहित विश्वका धेरै मुलुकहरुमा रहेको नेपाली समुदायसंग भेट्ने र उनीहरुबारे बुझ्ने अवसर पाएको उल्लेख गर्दै अभिनेता हमालले भने, विदेशमा बस्ने पहिलो पुस्तासंग नेपालप्रतिको प्रेम, चासो र समर्पण निकै ठूलो छ । अब नेपालप्रतिको पहिलो पुस्ताको यहि भावनालाई हाम्रो दोस्रो पुस्तासम्म हस्तान्तरण गर्नु आजको अवश्यकता देखिएको छ । नेपालमा केहि वर्ष अघिको महाभुकम्पदेखि अन्य आपतविपतको समयमा पनि विदेशमा बस्ने नेपालीहरुबाट ठूलो सहयोग भएको भन्दै हमालले भने, केहि दशक अगाडि भएको भए यो सम्भव थिएन । कमसेकम अहिले विदेशस्थित हाम्रा नेपालीहरुले स्वदेशमा आफ्ना नेपाली दाजुभाइर्, दिदीबहिनी समस्या परेको बेला सहयोग गर्न सक्ने हैसियत त बनाएका छन् । बेलायतमा नेपनालीहरुको वीरतापुर्ण इतिहाससंग जोडिएको ठाउंमा आएर नौलो खालको कार्यक्रममा सहभागी हुन पाउंदा उनले खुशी व्यक्त गरे ।
कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले म अनि मेरो मातृभुमि कार्यक्रमले विदेशमा हुर्किरहेको युवा पुस्ताको नेपालप्रतिको चासो, चिन्ता र चिन्तनलाई उजागर गर्न सफल भएको बताए । नेपललाई आर्थिक समृद्धिको बाटोबाट अग्रगमनतिर कसरी लैजाने भन्ने विषयमा बेलायतमा रहेका युवाहरुलाई दिग्दर्शन गर्ने कार्यमा कार्यक्रम सफल हुने विश्वास उनको थियो । देशले राजनीतिक निकास पाइसकेको छ, अब आर्थिक विकास चाहिएको छ , राजदूत सुवेदीले भने, देशलाई समृद्धितर्फ अघि बढाउने अभियानमा स्वदेशमा रहेका दाजुभाई दिदीबहिनीहरु जुर्मुराइरहेको अहिलेको अवस्थामा प्रवासमा बस्ने नेपालीहरुले पनि आफ्नो मातृभुमिलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ । नेपालीपन, नेपाली मन र वीरताको गौरवपुर्ण नेपाली इतिहासलाई जोगाउनुपर्ने जिम्मेवारी विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुको कांधमा रहेको भनाइ राजदूत डा सुवेदीको थियो ।
कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले म अनि मेरो मातृभुमि कार्यक्रमले विदेशमा हुर्किरहेको युवा पुस्ताको नेपालप्रतिको चासो, चिन्ता र चिन्तनलाई उजागर गर्न सफल भएको बताए । नेपललाई आर्थिक समृद्धिको बाटोबाट अग्रगमनतिर कसरी लैजाने भन्ने विषयमा बेलायतमा रहेका युवाहरुलाई दिग्दर्शन गर्ने कार्यमा कार्यक्रम सफल हुने विश्वास उनको थियो । देशले राजनीतिक निकास पाइसकेको छ, अब आर्थिक विकास चाहिएको छ , राजदूत सुवेदीले भने, देशलाई समृद्धितर्फ अघि बढाउने अभियानमा स्वदेशमा रहेका दाजुभाई दिदीबहिनीहरु जुर्मुराइरहेको अहिलेको अवस्थामा प्रवासमा बस्ने नेपालीहरुले पनि आफ्नो मातृभुमिलाई के गर्न सकिन्छ भनेर सोच्नुपर्ने बेला आएको छ । नेपालीपन, नेपाली मन र वीरताको गौरवपुर्ण नेपाली इतिहासलाई जोगाउनुपर्ने जिम्मेवारी विदेशमा बस्ने सम्पुर्ण नेपालीहरुको कांधमा रहेको भनाइ राजदूत डा सुवेदीको थियो ।एनआरएन केन्द्रीय उपाध्यक्ष कुल आचार्यले नेपालीहरु विदेशमा पनि नेपाली नै बनेर बांचिरहेको उल्लेख गर्दै देशप्रतिको माया देशको सिमाना कटेपछि झन् बढ्दै जाने बताए । गैरआवासीय नेपाली संघको अभियानले विश्वका ७८ देशमा रहेका नेपालीहरुलाई एकसाथ जोडेर नेपाल र नेपालीको हितको लागि सामुहिक रुपमा क्रियाशिल बनाएको उनले बताए । गैरआवासीय नेपालीहरुले आफ्नो नेपाली नागरिकता निरन्तरताका लगि लामो समयदेखि उठाउंदै आएको आवाजको यथोचित सम्बोधन हुन सके त्यसले विदेशमा हुर्किरहेको नेपालीको दोस्रो पुस्ताको नेपालसंगको सम्बन्धलाई समेत अटुट राख्न भुमिका खेल्ने धारणा उनले व्यक्त गरे । एनआरएन यूके अध्यक्ष योगकुमार फगामीले गैरआवासीय नेपालीहरुले सदैव आफ्नो मातृभुमिप्रतिको ठूलो चासो र चिन्ता राख्ने गरेको बताए । विदेशमा बसेर पनि कसरी आफ्नो देश र समाजका लागि केहि गर्न सकिन्छ भनेर सोचिरहने उल्लेख गर्दै उनले यसका लागि नेपालको सरकारी स्तरबाट उचित वातावरण निर्माण हुनुपर्ने उनको धारणा थियो ।
विदेशमा हुर्किरहेको दोस्रो पुस्तालाई समेत नेपालसंग जोड्न आफुहरुले कोशिस गरिरहेको भन्दै अध्यक्ष फगामीले सोहि उद्धेश्यले यो कार्यक्रम गरिएको बताए । त्यसअवसरमा सहभागी एनआरएन, युवा तथा पत्रकारहरुको विभिन्न जिज्ञासाहरुमा अभिनेता हमाल, एनआरएन केन्द्रीय उपाध्यक्ष आचार्य, एनआरएन यद्दके अध्यक्ष फगामी र नेपाली दूतावास, लण्डनका उपप्रमुख शरदराज आरनले जवाफ दिएका थिए । यसअघि एनआरएन यूकेका महासचिव आरके त्रिपाठीले सञ्चालन गरेको पहिलो सत्रको कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष पुनम गुरुंगले स्वागत मन्तव्य दिएकी थिइन् । कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रम संयोजक तथा एनआरएन यूके युवा संयोजक एलबिजेड गुरुंगले बेलायतमा बस्ने नेपाली र विशेष गरी युवा पुस्तालाई मातृभुमि नेपालसंग जोड्ने र जिम्मेवार बनाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताएका थिए ।
त्यसअवसरमा शुभकामना मन्तव्य एनआरएन आयरल्याण्डका अध्यक्ष नवराज कोइराला र एनआरएन यूके प्रुमुख संरक्षक मेजर रिटायर्ड डमर घलेले राखेका थिए । एनआरएन यूकेका सल्लाहकार, आइसिसी सदस्यहरु, कार्यसमितिका पदाधिकारी, दोस्रो पुस्ताका नेपाली युवाहरु, पत्रकारहरु लगायतको कार्यक्रममा उल्लेख्य सहभागिता थियो । : शिव भण्डारी