गोलाप्रथाले चयन गर्नेछ राष्ट्रियसभा सदस्यको पदावधि

/fli6«o;efsf] a}7s /fli6«o;efsf] cfOtaf/sf] a}7sdf ;xefuL ;b:ox? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं- राष्ट्रियसभा सदस्यको पदावधि छान्नका लागि सोमबार गोलाप्रथा गरिने भएको छ ।

संघीय संसद सचिवालयले आईतबार पत्रकार सम्मेलन गरि गोलाप्रथाको कार्यक्रम बारे जानकारी गराएको हो । राष्ट्रियसभा सदस्यको कार्यकाल २, ४ र ६ बर्षको हुने भन्ने संविधानले गरेको व्यवस्था अनुसार पदावधि तय गर्नका लागि गोलाप्रथा गर्न लागिएको हो । त्यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा गोलाप्रथा संञ्चालन मूल समिति नै गठन गरेको छ ।

गोलाप्रथामा राष्ट्रियसभा सदस्य आफै उपस्थित हुनुपर्ने छ । उपस्थित हुन नसके अख्तियारी प्राप्त व्यक्ति वा त्यसो पनि हुन नसके महासचिवले तोकेको व्यक्तिले अनुपस्थित सदस्यको तर्फबाट गोला थुत्ने छन् ।

गोलाप्रथालाई पूर्ण विश्वनीय बनाउन सचिवालयको कार्यविधि नै तय गरेको छ । कार्यविधि अनुसार पारदर्शी बट्टामा २ वर्ष, ४ वर्ष र ६ वर्ष लेखिएको गोला राखिनेछ । सबैभन्दा पहिला सात वटै प्रदेशका महिला सांसदहरुले क्रमशः गोला तान्ने छन । वट्टामा राखिएको गोला वर्णानुक्रम अनुसार सांसदहरुलाई बोलाएर टिपाउने व्यवस्था गरिएको पनि गोलाप्रथा संचालन मूल समितिका सदस्य सचिव दशरथ धमलाले जानकारी दिए ।

सांसदको टिपेको गोला संसद सचिवालयका महासचिव वा उनले तोकेको प्रतिनिधिले खोलेर देखाउने व्यवस्था पनि गरिएको छ । प्रत्येक प्रदेशका ३ महिला सांसदमध्ये १ जनाको २ वर्ष, एक जनाको ४ वर्ष र एक जनाको ६ वर्ष पदावधि हुनेगरी गोलाप्रथा बाट टुंगो लगाइनेछ । महिलापछि सातै प्रदेशबाट दलित तथा अल्पसंख्यक एवम अपांग सांसदहरुले गोला तान्ने व्यवस्था मिलाइएको छ ।

अन्य खुलाबाट निर्वाचित सबै प्रदेशका २१ सांसद र राष्टपतिबाट मनोनित ३ जनाले पनि गोला तानेर आफ्नो पदावधि आफैं निर्धारण गर्नेछन । गोलाप्रथाबाट सांसदको निर्वाचन हुँदा निर्वाचन आयोग र कानुन मन्त्रालयका प्रतिनिधि पनि रहने व्यवस्था गरिएको संघीय संसद सचिवालयले जनाएको छ ।

चयन प्रक्रिया

धमलाका अनुसार संविधानानुसार पाँच समूहमा राष्ट्रियसभाका सदस्य विभाजन गरिनेछ । पहिलो समूहमा सातै प्रदेशका तीन तीन गरी गरी २१ महिला सदस्यले गोलाप्रथा कार्यक्रममा भाग लिई समय निर्धारण गर्नेछन् ।

यसपछि सातै प्रदेशका एक एक गरी सात दलित सदस्य, सात अपाङ्गता भएका वा अल्पसंख्यक समूहका सदस्यले गोलाप्रथामा भाग लिने कार्यक्रम तय गरिएको छ । यसपछि अन्य समूहमा सातै प्रदेशका तीन तीन गरी कूल २१ र राष्ट्रपतिद्वारा मनोनीत तीन सदस्यले गोला छनोट गरी आफ्नो ‘भाग्य’आफैं निर्धारण गर्नुहुनेछ ।

गोलाप्रथामा सचिवालयले वर्णानुक्रमानुसार भाग लिने व्यवस्था मिलाएको छ । गोलाप्रथा विधिद्वारा राष्ट्रियसभाका ५९ सदस्यमध्ये २० जनाको छ वर्ष, २० जनाको चार वर्ष र १९ जनाको पदावधि दुई वर्ष हुनेछ । गोलाप्रथा छनोट गर्न सचिवालयले सेतो कागजमा रातो अक्षरमा दुई, चार र छ वर्ष लेखेर तयार पारेको छ । सो कागजलाई बट्टाभित्र राखी बन्द गराउने र यसपछि सांसदलाई झिक्न लगाई वर्ष तय गर्ने विधि तयार गरिएको छ ।