मिनेन्द्र रिजालको मागमा सभामुख महराको जवाफ

CPN-Maoist Centre leader Krishna Bahadur Mahara speaks at a Legislature-Parliament in Kathmandu, on Friday, July 22, 2016. Photo: RSS

काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा सञ्चालन नियमावली छिट्टै कार्यान्वयनमा आएलगत्तै प्रधानमन्त्रीसँग सांसदले संसदमा सवालजवाफ गर्न पाउनुपर्ने बताएका छन् ।

यसअघि सभामुखसँग विशेष समय माग गर्दै सांसद डा.मीनेन्द्र रिजालले प्रधानमन्त्रीसँग सवालजवाफ गर्न पाउनुपर्ने माग राखेका थिए । प्रतिनिधिसभा सञ्चालन नियमावलीअनुसार महिनामा दुई पटक प्रधानमन्त्रीसँग सांसदले सवालजवाफ गर्न पाउने प्रावधान छ ।

संसदमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल चलिरहँदा सभामुखसँग विशेष समय माग गर्दै उनले सत्तापक्षका सांसद बस्ने बैठकस्थल खाली भएको देखाउँदै संसद् जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका थिए ।