प्लस टुमा अध्ययनरत किशोरीहरुबिच बुधबार राजधानीमा सम्पन्न सौन्दर्य प्रतियोगितामा निक्की थापा मिस टिन प्लस टु र स्नेहा केसी मिस प्लस टु आइकन घोषित भएका छन्। स्टार वन इन्टरटेनमेन्टद्धारा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित मिस टिन प्लस टुमा प्रमूख उपाधि विजेता निक्की थापा मिस फोटोजेनिक र मष्ट पपुलरसमेत भईन् भने लुना लुईंटेल फस्ट रनर्सअपका साथमा व्युटी विथ पर्पोस घोषित भईन् ।
त्यस्तै जीया मल्ल सेकेण्ड रनर्सअपका साथमा वेष्ट आर्टवर्क, झरना लुईंटेल थर्ड रनर्सअपका साथमा मिस व्युटिफुल र देवानी श्रेष्ठ फोर्थ रनर्सअपका साथमा मिस क्याटवक र फेशन आइकन चयन भएका थिए। रिवन इन्टरनेटमेन्टको इभेन्ट मेनेजमेन्टमा सम्पन्न प्रतियोगितामा अस्मिता रिजाल बेष्ट हेयर र स्माइल, श्रेया आचार्य वेष्ट पर्सनालिटी, मनीता भुजेल वेष्ट फिजीक, रेणु सुवेदी वेष्ट स्कीन, सपना श्रेष्ठ फेसबुक च्वाईस र मिस ट्यालेन्ट, सुदीक्षा श्रेष्ठ मिस कन्जिनियालीटी, वर्षा सुब्बा मष्ट डिसीप्लेन, रजनी रावत मष्ट फ्रेण्डली, ओजश्वी जोशी वेष्ट स्पीच, पूजा श्रेष्ठ मष्ट चार्मिङ र सुचना कोइराला वेष्ट फिटनेस चुनिएका थिए।
त्यसैगरी एएनपीद्धारा आयोजित मिस प्लस टु आइकनकी विजेता स्नेहा केसी मिस फोटोजेनिक, मिस ट्यालेण्ट र मिस व्युटिफुलसमेत भइन् भने अलिषा रावत फष्ट रनर्सअपका साथमा मिस फेशन आइकन, साक्षी पोखरेल सेकेण्ड रनर्सअपका साथमा मष्ट चार्मिङ, रुविना श्रेष्ठ थर्ड रनर्सअपका साथमा वेष्ट स्माइल र विनीता जोशी फोर्थ रनरर्सअपका साथमा वेष्ट स्पीच भए।
प्रतियोगितामा ज्योति वासकोटा मिस क्याटवक, मेरी सुनुवार वेष्ट हेयर, सिर्जना पुजारी मष्ट पपुलर, प्राप्ती गिरी वेष्ट पर्सनालिटी, वर्षा ओली वेष्ट फिजीक, अप्सरा सुवेदी वेष्ट स्कीन, रोविना श्रेष्ठ, आयुष्मा श्रेष्ठ मिस कन्जिनियालिटी, प्रश्ना कर्ण मष्ट डिसिप्लेन, अविना थापा मष्ट फ्रेन्डली, सीमा श्रेष्ठ वेष्ट आर्टवर्क र व्युटी विथ पर्पोस तथा नेहा भट्टराई वेष्ट फिटनेस भएका छन्।







