काठमाडौं- माधवकुमार नेपालले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताउनुभएको छ ।
प्रेस चौधरीले कञ्चनपुरमा गरेको पत्रकार सम्मेलनमा नेता नेपालले सहमतिको सरकारको विकल्प नभएको बताउनुभयो । नेपालले भन्नुभयो ‘‘राष्ट्रिय सहमतिको सरकारले मात्र वर्तमान समस्या समाधान गर्न सक्छ ।’’
नेपाली काँग्रेसको महाधिवेशनपछि काँग्रेसलाई पनि सरकारमा सहभागी गराउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो—‘काँग्रेसलाई सरकारमा ल्याउनुको कारण पद बाँडफाँटका लागि नभई देशको समस्या समाधानका लागि हो ।






