एकै गाउँका तीन किशोरी चारदिनदेखि वेपत्ता

सुर्खेत- दिउँसोको स्कुल छुट्टीमा कापी बिर्सियो भनेर घर आएर फर्केका बालिका सम्पर्कविहीन छन् । नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा अध्ययनरत तीन बालिका ४ दिनदेखि बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा सिम्ता गाउँपालिका– खानिखोलाका १४ वर्षीया निशासिंह ठकुरी, सोही ठाउँ बस्ने एकै घरका दुई बहिनी १५ वर्षीया यमुना खत्री र उनकी बहिनी १२ वर्षकी रिचिमा छन् ।

यमुना र निशा ९ मा अध्ययनरत हुन भने रिचिमा ७ कक्षामा मा अध्ययनरत छिन् ।

निशाकी आमा भगवती सिंहका अनुसार पुस १० गते दिउँसो १ बजे टिफिनमा घर आएपछि कापी बिर्सिएँ भनेर स्कुल गएका छोरी हालसम्म घरमा फर्केका छैननन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *