प्याराग्लाइडिङ दुर्घटनामा पर्ने सबैको उद्धार

flight at hochries, near aschau
flight at hochries, near aschau

पोखरा- नेपाल हवाई खेलकुद संस्था पोखराको आयोजनामा सञ्चालित प्याराग्लाइडिङ प्रि वल्र्ड कप प्रतियोगितामा सहभागी हुने क्रममा दुर्घटनामा परेका सबै पाइलटको सकुशल उद्धार भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये अवतरण गर्ने क्रममा सात जना पोखराको फेवातालमा परेको र एक जना अर्मलाको जङ्गलको रुखमा अल्झिन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब निरीक्षक गोपाल चालिसेले बताउनुभयो ।

रुखमा अल्झिएका पाइलटलाई स्थानीयवासी तथा फेवातालमा परेका पाइलटलाई स्थानीय डुङ्गा व्यवसायी तथा सुरक्षाकर्मीले उद्धार गरेका थिए । अवतरण गर्ने क्रममा अकस्मात् चलेको हावाहुरीका कारण दुर्घटना हुन गएको प्रहरीले जनाएको छ ।