काठमाडौं- अरब सागरलगायत राजस्थान आसपासमा देखिएको न्यूनचापीय क्षेत्रको प्रभावका कारण काठमाडौंमा चिसो महसुस भएको छ ।
न्यूनचापीय क्षेत्रको प्रभावले शनिबार देशभर मौसम बद्ली हुनुका साथै केही चिसो महसुस भएको छ ।
उक्त प्रणाली नेपालको पश्चिमी र दक्षिण पश्चिमी भेगबाट गए राति प्रवेश गरेका कारण नेपालको आकाश बादलले ढाकेको मौसमविद् सुवास रिमालले जानकारी दिनुभयो ।
रिमालका अनुसार सोमबारदेखिमात्रै मौसम सुधार आउनेछ ।






