किन पक्राउ परे डाक्टर ? आज सार्वजनिक गरिंदै

arrestजनकपुरधाम- केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले (सिआइबी)जनकपुरका चार जना चिकित्सकलाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा चिकित्सक कल्याण विश्वास, शैलेन्द्र महतो, भगवान् सहनी र सन्तोष यादव रहेका छन् । सहनी र यादव केही समयसम्म जनकपुर अञ्चल अस्पतालमा कार्यरत रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रामदत्त जोशीले पक्राउ गरिएका चिकित्सकहरुलाई ब्युरोले काठमाडौँ लगिसकेको बताउनुभयो । उनीहरुलाई आज सार्वजनिक गरिँदैछ ।

चिकित्सकलाई के कारण पक्राउ गरिएको आफूलाई थाहा नभएको पनि उहाँले बताउनुभयो । चिकित्सकलाई योग्यता, चिकित्सा परीक्षाको प्रश्नपत्र र चिकित्सा विषयको अध्ययनका लागि विदेशमा पठाउने सन्दर्भमा ठगीको मुद्दामा पक्राउ गरिएको हुनसक्ने अनुमान गरिएको छ ।