बेलायतमा नेपाली संघ संस्थाको सहकार्यबारे बृहत अन्तर्क्रिया आयोजना

FNJ-logo-1लन्डन- बेलायतमा नेपाली संघ संस्थाको सहकार्यबारे बृहत अन्तर्क्रिया आयोजना गरिने भएको छ ।

नेपाल पत्रकार महासंघ यूकेले आउँदो जुन ५ तारिखमा बृहत् अन्तर्क्रिया आयोजना गरेको छ । कार्यक्रममा बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्था, बुद्धिजीवी तथा समुदायका अगुवाहरुको सहभागिता रहनेछ ।

अल्डरसटस्थित द प्यालेसमा मध्यान्ह साढे १२ देखि साँझ ६ बजेसम्मका लागि कार्यक्रम तय छ ।

कार्यक्रममा पत्रकार महासंघसँग अन्य नेपाली संघ संस्थाको समन्वय र सहकार्य तथा भावी योजनाबारे बृहत छलफल हुने कार्यक्रमका संयोजक तथा महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले जानकारी दिए ।

महासंघ यूकेका अध्यक्ष नरेश खपांगी मगरले बेलायतस्थित सम्पूर्ण संघसंस्थाका प्रतिनिधि, समाजका अगुवा, बुद्धिजीवी तथा सम्पूर्ण पत्रकारहरुलाई सहभागिताका लागि अपिल गरेका छन् ।