उपेन्द्र बने स्वास्थ्यमन्त्री, इस्तियाक शहरी विकास मन्त्री

काठमाडौं- संघीय समाजवादी फोरम नेपाल दुई मन्त्रालयसहित सरकारमा सहभागी भएको छ । नवनियुक्त मन्त्रीको सपथ शुक्रबार नै भएको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री र मोहम्मद इस्तियाक राई सहरी विकास मन्त्रीमा शपथ लिए ।

यादव यसअघि दुई पटक परराष्ट्रमन्त्री भएका थिए भने राई श्रममन्त्री भएका थिए ।

गएको चुनावमा यादव सप्तरी–२ र राई बाँके– २ बाट निर्वाचित भएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग २ बुंदे सहमतिसँगै फोरम सरकारमा सहभागी भएको हो ।