काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई फिर्ता बोलाएको छ ।
राप्रपा नेपालले जारी गरेको विज्ञप्तिमा पार्टीको निर्णय अनुसार मन्त्रीबाट फिर्ता गराइएको उल्लेख छ । पार्टी अध्यक्ष कमल थापाले सहरी विकासमन्त्री गिरीलाई बर्खास्त गर्न प्रधानमन्त्रीलाई पत्र पठाएका छन् ।
मन्त्री गिरीले मन्त्रालयमा सचिव परिवर्तन गर्न अनावश्यक चलखेल गरेको लगायतका कारण फिर्ता बोलाउन बाध्य भएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए । मन्त्री गिरीको पछिल्ला गतिविधी पार्टी निर्णय विपरित भएको उनको भनाई छ ।







