काठमाडौं- प्रधानमन्त्रीका लागि बुधबार हुने निर्वाचनमा नेकपा एमालेले उम्मेदवारी नदिने भएको छ ।
एमाले स्थायी समितिको मंगलबार बसेको बैठकले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । बुधबार हुने निर्वाचनमा एमालले प्रधानमन्त्रीका उम्मेदवारका विपक्षमा मतदान गर्ने भएको छ ।
कांग्रेस–माओवादी गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्रीका उम्मेदवार छन् । भट्टराईले ट्वीट गर्र्दै भनेका छन् ‘एमाले स्थायी समितिको बैठकले जिम्मेवार प्रतिपक्षमा बस्ने । बिपक्षमा मतदान गर्ने । प्रममा उम्मेदवारी नदिने निर्णय ग¥यो ।’
एमालेले प्रधानमन्त्रीमा उम्मेदवारी नदिने, विपक्षमा मतदान गर्ने






