कांग्रेसमा विवाद : पौडेल पक्षद्वारा मन्त्रीमा ४० प्रतिशत भागवण्डाको माग

nepali-congress1काठमाडौं- नयाँ सरकार गठनका विषयलाई लिएर कांग्रेसमा विवाद चर्किएको छ । नेकपा माओवादी केन्द्रसँग सहकार्य गर्दै सरकार गठनको अन्तिम तयारीमा रहेका बेला नेपाली कांग्रेसभित्र गम्भीर विवाद देखिएको छ ।
सभापति शेरबहादुर देउवाले आफूहरुलाई बाइपास गरी एकलौटी रुपमा अघि बढेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले कडा आपत्ति जनाएको छ । पौडेलले आज आफू निकटको भेला बोलाएका छन् ।
पौडेल पक्षधरले प्रधानमन्त्री निर्वाचनमा आवश्यक रणनीति तय गर्न भन्दै आफू पक्षधर केन्द्रीय सदस्यको भेला बोलाएको हो । पौडेल पक्षधर नेताहरुले सरकारको विषयमा निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेको छ । साथै अब बन्ने मन्त्रीमण्डलमा आफ्नो पक्षबाट ४० प्रतिशत मन्त्री हुनु पर्ने माग बैठकले गरेको छ । बैठक अनामनगरमा बसेको थियो ।
सभापति देउवाको बूढानिलकण्ठस्थित निवासमै पुगेर पौडेल पक्षधरले धम्कीसहित बैठक बोलाउन सुझाव दिएका छन् । सरकारमा पठाउँदा आफूसँग अनिवार्य सहमति लिनुपर्ने अन्यथा परिणाम राम्रो नहुने चेतावनी वरिष्ठ नेता पौडेलले दिँदै आएका छन् ।