मधेसमा फेरि आन्दोलन गर्ने महतोको चेतावनी

rajendra-mahato1काठमाडौं- सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले काठमाडौंले अधिकार नदिए फेरि मधेसमा गएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

पार्टी कार्यालय मध्यबानेश्वरमा शनिबार गरिएको एक कार्यक्रममा अध्यक्ष महतोले काठमाडौंमा जारी आन्दोलनबाट अधिकार नलिइ आफूहरु नफर्कने बताए ।

आफूहरुलाई खाली हात फर्काइए त्यसपछिको स्थिति नियन्त्रण भन्दा बाहिर जाने उनको चेतावनी थियो ।

अध्यक्ष महतोले वार्ताका लागि सरकार गम्भीर नभएको आरोप पनि लगाए ।

कार्यक्रममा संघीय समाजवादी फोरममा आबद्ध मधेसी ट्रेड युनियन महासंघ नेपाल आधिकारिकरुपमा सद्भावना पार्टीसँग आबद्धताको घोषणा गरिएको थियो ।

महासंघमा १५ ओटा राष्ट्रिय संघ आबद्ध रहेको र १ लाख ६५ हजार सदस्य रहेको दाबी गरिएको छ ।