राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले दोहोरी स्वर्णिम साँझ गर्दै

लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले चौथो लोक दोहोरी स्वर्णिम साँझ २०१९” गर्ने भएको छ ।

कार्यक्रम बिशेस गरि नेपालमा लोक तथा दोहोरी प्रतिष्ठान भवन निर्माणकार्य सम्पन्नका लागि केन्द्रित रहेर च्यारीटी सहितको मनोरंजन गरिने भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाकाअध्यक्ष टंक सेरचनले बताउनु भयो।

बेलायत स्थित विभिन्न नेपाली संघ संस्थाहरूको कार्यक्रमका लागि आउनु भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको विभिन्न शाखामा आवध्द चर्चित कलाकारहरू पवन राना मगर,सुनितामी परीयार,सृजा तमाङ,कुमार पुन,बिरु लामा,जमुना राना,अर्जुन सुनाम,भुमिका शाहा ,मदन परियार, कुमारी चेपाङ,प्रसाद खप्तरी मगर लगायत कलाकारको समन्वयमा यहि आउदो १८ अगष्ट २०१९ आईतवारको दिन १७:०० बजे राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यो “चौथो लोक दोहोरी स्वर्णिम साँझ २०१९” यूकेको हुने भएको हो।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाका महासचिब रत्न शाहीका अनुसार कार्यक्रममा कलाकारहरूको प्रस्तुतिबाहेक अन्य विभिन्न सांस्कृतिक कार्यक्रमहरु एबम स्थानीय कलाकारहरु मधुसुदन थापा, कल्पना श्रीपाल बद्री के.सी लगायतको जोडदार लाईभ लोक दोहोरी देखाइनेछ ।

अल्डरशट स्थित एम्पाएर हलमा गरिने र बिशेष आकर्षण धेरै नेपाली कलाकारहरू एकै ठाँउमा वृहत संगमका साथ हुने कार्यक्रममा सहभागिताको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाले सबै नेपाली दिदीबहिनी तथा दाजूभाई हरुलाई आव्हान गरेको छ । कार्यक्रममा प्रवेश शुल्क १५ पाउण्ड राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *