रविलाई ५ दिन हिरासतमा राख्न चितवन अदालतको आदेश

भरतपुर । पत्रकार शालिकराज पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित ३ जनालाई अदालतले हिजो बिहीबारको मितिबाट लागू हुने गरी ५ दिन म्याद थप गरेको छ । उनीहरुलाई अदालतले पक्राउ गरेको मितिबाट ५ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्ने क्रममा पक्राउ परेका पत्रकार रवि लामिछाने सहित तीन जनालाई प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको थियो । फौजदारी अभियोगमा पक्राउ परिसकेपछि चौबिस घण्टाभित्र अदालतको म्याद लिएर न्यायिक हिरासतमा राख्नुपर्ने कानूनी व्यवस्था अनुसार प्रहरीले चितवन जिल्ला अदालतमा पेश गरेको हो ।

यता लामिछानको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि उनका समर्थकहरुले नाराबाजी गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *