बम फेला परेपछि स्थगित भएको हाङपाङमा पुनः मतदान सुरु

ताप्लेजुङ– ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान प्रक्रिया सुरु भएको छ ।

आज विहान मतदान सुरु भैसकेपछि आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङस्थित आठराई त्रिबेणी गाउपालिकाको सरस्वती मावि मतदान केन्द्रनजिकै बम फेला परेको हो ।

नेपाली सेनाको टोलीले बम डिस्पोज गरेपछि मतदान सुचारु भएको हो ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख ज्ञानेन्द्र बस्नेतका अनुासर सरस्वती मावि मतदान केन्द्र नजिकै बम फेलापरेपछि केहीबेर मतदान स्थगित भएपनि साढे ११ बजेबाट सुरु भएको छ । ताप्लेजुङ प्रहरीका अनुसार जिल्लाका अरु मतदान केन्द्रमा भने शान्तिपुर्ण मतदान भैरहेको छ ।