पाल्पामा सहकारी सदस्य चढेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु

काठमाडौं– पाल्पामा सहकारी सदस्य चढेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।

पाल्पाको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, तानसेनको समुह रामपुरका विभिन्न सहकारीको अवलोकन भ्रमणमा हिँडेको लु२ख ९७५ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु हुनुका साथै १० घाइते भएका हुन् ।

दुर्घटनामा सहकारीका अध्यक्ष तानसेन–४ का विष्णुमान बज्राचार्यसहित तानसेन–३ का देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य, बसन्ती खाण, कमला कार्की, तानसेन–६ का सुशिलप्रसाद श्रेष्ठ, दुर्गाबहादुर सारु, सचिन बज्रार्चाय, गिता बुढाथोकी डिभिजन सहकारी कार्यालय पाल्पाका प्रमुख कृष्णबहादुर बोहोरा, तानसेन–२ का लोकनाथ ढकालको मृत्यु भएको हो ।