बागलुङमा अनौठो हत्याकाण्ड, आमा भगाउन छोराछोरीको हत्या

murderबागलुङ- गत वैशाख १४ गते आगलागीमा परी मृत्यु भएका भनिएका जिल्लाको बोहोरागाउँ–७ सानोजिरीका दुई बालबालिकाको हत्या भएको खुलासा भएको छ ।

सन्तबहादुर घर्तीका ६ वर्षीया छोरी समुन्द्र घर्ती र ३ वर्षीय छोरा मनोज घर्तीको देविस्थान–४ का भीमबहादुर भण्डारीले हत्या गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । घर्तीकी श्रीमती २३ वर्षीया कमला घर्तीसँग अनैतिक सम्बन्ध राख्दै आएका भण्डारीले घरमा कोही नभएका बेला हत्या गरी घरमा आगो लगाएको प्रहरीसामु बयान दिएका छन् ।

श्रीमान् वैदेशिक रोजगारका लागि मलेसिया गएका बेला कमलाले नाताले देवर पर्ने भीमबहादुरसँग अनैतिक सम्बन्ध राख्दै आएकी थिइन् । भागेर जाने प्रस्ताव राख्दा बालबच्चा छोडेर जान नमानेपछि आफूले योजनाबद्ध रुपमा कमलाका छोराछोरीलाई हत्या गरेको भीमबहादुरले स्वीकार गरेका छन् ।