लन्डन । बेलायतस्थित ग्लोवल पोलिसी फोरम फर नेपालले नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षाका लागि सहयोग गर्न भन्दै अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ।फोरमले यही फेब्रुवरी २३र २४ गते काठमाडौंमा हुने नेपालको संघीय संरचनाभित्र गुणात्मक शिक्षा विषयक एक अन्तर्राष्ट्रिय सम्मेलनमा देश विदेशका विज्ञहरुलाई सहभागी गराउन लागेको हो।
फोरमका अनुसार सो सम्मेलनमा देश विदेशका प्राज्ञिक क्षेत्रका ब्यक्तीत्वहरु सहभागि हुनेछन् ।
आयोजकका अनुसार कार्यक्रम नेपालको त्रिभुवन विश्वविद्यालय लगायत सातवटै विश्वविद्यालय, विदेशी ६ वटा विश्वविद्यालय र ग्लोवल पोलिसी फोरम फर नेपालको संयुक्त तत्वावधानमा नेपालको उच्च शिक्षण संस्था र उच्च विद्यालय संघले आयोजना गर्न लागेको उक्त उच्चस्तरिय अन्तराष्ट्रिय सम्मेलनमा ग्लोवल पोलिसी फोरम फर नेपालको तर्फबाट अमेरिकामा कार्यरत प्राध्यापक उपेन्द्र आचार्य र बेलायतमा कार्यरत प्रा पदम सिम्खडाले नेतृत्व गर्ने भएका छन् ।
कार्यक्रममा संस्थापक सदस्य स्वीडेनस्थित प्राध्यापक कटक मल्ले गुणात्मक शिक्षा प्रवर्धनमा स्वीडेनको अनुभव सम्बन्धि एक कार्यपत्र प्रस्तुत गर्नेछन भने , फोरमका कार्यकारी सदस्यहरु, अमेरिकामा कार्यरत प्राध्यापक शिव गौतम र डा.अम्बिका अधिकारीले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् ।
बेलायतको लिड्स विश्वविद्यालयका प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीको अध्यक्षतामा तीन वर्षअघि स्थापना भएको थियो । साथै सो कार्यक्रममा लन्डन नेपाल न्युज डटकमबाट प्रत्यक्ष प्रसारणसमेत गरिनेछ । न्यूज डटकमका लागि एभरेष्ट गौतमले प्रत्यक्ष प्रशारण गर्ने कार्यक्रम रहेकाले अपडेट हेर्न नभुल्नुहोला ।