क्यान्डा । क्यान्डामा बसोबास गर्ने नेपालीले प्रजातन्त्र दिवस मनाएका छन् । क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम गरि मनाएका हुन ।
क्यानडाका लागि नेपालका राजदूत कालीप्रसाद पोखरेलले मुलुकमा लामो समयदेखि रहेको राजनीतिक संक्रमणको अन्त्य भएको र अब मुलुक आर्थिक विकाश र उन्नति तर्फ उन्मुख हुने जानकारी गराए।
ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि प्रभाकर रेग्मी , गैर आवासीय नेपाली संघ(क्यानडाका पूर्व उपाध्यक्ष तथा भाषा साहित्य एवं प्रकाशन विभागका संयोजक सुरेन उप्रेतीलगायले शुभकामना मन्तब्य राखेका थिए ।






