![;/sf/ / df]rf{aLr jftf{ t/fO{ dw]z nf]stflGqs kf6L{sf] s]Gb|Lo sfof{nodf cfGbf]n/t ;+o'Qm nf]stflGqs dw]zL df]rf{ / ;/sf/L jftf{ 6f]nLaLr jftf{ x'Fb} . tl:a/M /f]zg ;fksf]6f,/f;;](http://www.londonnepalnews.com/wp-content/uploads/2015/11/barta.jpg)
काठमाडौं- सरकार र आन्दोलनकारी मधेसी मोर्चाबीच बुधबार साँझको वार्ता असफल भएपछि स्थिति पुनः बिग्रंदै गएको छ ।
सरकारले मोर्चाका केही माग पूरा गर्नै नसकिने निष्कर्ष निकालेको छ भने मोर्चाले अझै कडा आन्दोलनको विकल्प देखेको छैन । सरकारले विपक्षी कांग्रेसलाई पनि सहमतिमा लिएर आन्दोलनकारीका मागमा पुनः बहस थालेको छ ।
मोर्चाको बिहीबार बिहान बसेको अनौपचारिक बैठकले केही दिन पर्खने वा अझै कडा आन्दोलनमा जानेबारे छलफल सुरु गरेको सदभावना महासचिव मनीषकुमार सुमनले जानकारी दिए । राजधानीमा निर्णायक हुने भनिएको वार्ता निष्कर्षविहीन बनेसँगै तराईका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीका राजनीतिक नेतृत्व शुक्रबारदेखिको आन्दोलन कार्यक्रम तय गर्न जनकपुरमा भेला भएका छन् ।
छठ सकिएकै दिन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन फेरि चर्काउने निर्णय लिएको हो । राजधानीमा बिहीबार मध्याह्न पुनः बस्ने मोर्चा केन्द्रीय नेतृत्वको बैठकले यसको औपचारिक निर्णय गर्ने सद्भावना पार्टी महासचिव सुमनले जानकारी दिए । केन्द्रीय कार्यक्रमभन्दा केही भिन्न हुने गरी मोर्चाको स्थानीय नेतृत्वले चार जिल्लाका लागि छुट्टै आन्दोलन घोषणा गर्ने तयारी पनि थालेका छन् ।
सरकारले सिमांकन हेरफेर गर्न तत्काल गाह्रो भएको बताएको छ । सिमांकन हेरफेरमा कांग्रेस पनि कठोर भएको छ ।






