काठमाडौं – काठमाण्डाैमा भूकम्पको धक्का महसुस गएको छ । बिहीबार बिहान १०ः०० बजे भूकम्पको धक्का महसुस भएको हाे ।सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५.३ रेक्टर स्केलको भुकम्प गएकाे हाे ।
वैशाख १२ गतेको भूकम्पपछि पराकम्पहरु कम हुँदै गइरहेका बेला बिहीबार भूकम्पको धक्का महसुस भएको हो ।
यसअघि मंगलबार मात्रै रसुवा केन्द्र बिन्दु भएर भूकम्पको धक्का गएको थियो । भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर पराकम्प हो ।
भूकम्पले लामै समय हल्लाएपछि काठमाण्डाैमा सर्वसाधारण घरबाहिर दाैडिएका थिए ।






