अन्तर्राष्ट्रिय उडानले भारतमा तेल भर्न थाले

काठमाडौं, १३ असोज – आन्तरिक सेवा तर्फका जहाजहरुले २५ दिनसम्म इन्धन नपाउने भएका छन्।
आयल निगम एयरपोर्ट डिपो प्रमुख प्रदीप यादवका अनुसार भारतले गरेको नाकाबन्दीका कारण इन्धन आपूर्तिमा समस्या आइलागेपनि आन्तरिक उडान, चार्टर र हेलिकप्टर उडानका लागि करिव १ महिनालाई पुग्ने इन्धन छ।
आन्तरिक यात्रुका लागि दसैं लक्षित उडानलाई समस्या हुने छ्रन्, यादवले भने । यसैबीच मंगलबार १२ बजेपछि काठमाडौं उडान गर्ने अन्र्तराष्ट्रिय विमानहरुले कोलकाताबाट इन्धन आपूर्ति थालेका छन्।