सत्तागठबन्धनमा मिल्यो भागबन्डा, कस्ले कति मन्त्रालय पाए ?

;Qf?9 bnsf] a}7s hf/L sf7df8f}F, !% r}t M k|wfgdGqL lgjf; afn'jf6f/df dËnaf/ a;]sf] ;Qf?9 bnsf] a}7sdf k|wfgdGqL k'iksdn bfxfnnufot pkl:yt ljleGg bnsf g]tfx? . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सत्ता गठबन्धन दलमा भागबन्डा मिलेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकले भागबन्डा मिलाएको हो ।

जसअन्तर्गत नेपाली कांग्रेसले आठ मन्त्रालय पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय पाउने भएको छ । साथै माओवादीले थप एक राज्यमन्त्री पनि पाउने भएको छ ।

त्यस्तै एकीकृत समाजवादी र जनता समाजवादीले दुई/दुई मन्त्रालय पाउने भएका छन् । यस्तै नागरिक उन्मुक्ति पार्टी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी र प्रभु शाहले एकरएक मन्त्रालय पाएका छन् ।

यस्तै सिके राउतको जनमत पार्टीले एक मन्त्री र राज्यमन्त्री गरी दुई पाउने भएका छन् । एक राज्यमन्त्रीबारे भने अझै टुंगो लागेको छैन ।