यसरि भयो संबिधानसभा बाट संबिधान पारित (भिडियो सहित)

काठमाडौँ, ३० भदौ– दुई तिहाई बहुमतले नेपालको नयाँ संविधान २०७२ पारित भएको छ ।

संविधानसभामा हाल कायम रहेको ५९८ सदस्य मध्ये ५०७ सदस्यले नेपालको संविधानको पक्षमा र २५ जनाले विपक्षमा मतदान गरेका थिए।

राजसंस्था, प्रत्यक्ष कार्यकारी र हिन्दु राष्ट्रका बारेमा फरक मत राख्दै आएको राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ।

आफ्नो प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएपछि राप्रपा नेपालले विपक्षमा मतदान गरेको हो।

संविधानसभाध्यक्षले प्रक्रिया अनुसार सुनाएको अन्तिम मत परिणाम अनुसार पक्षमा ५०७ मत र विपक्षीमा २५ रहेको बताएका छन्।

अन्तरिम संविधान २०६३ को धारा ७० र संविधानसभा नियमावली २०७० अनुसार गरेको मत विभाजनमा संविधानसभाको कुन सदस्य संख्याको दुई तिहाई बहुमत हुनुपर्ने प्रावधान छ।

सोही अनसार उक्त प्रस्तावको पक्षमा ५०७ मत परेको हुनाले यो संविधानको विधेयक दुई तिहाइ बहुमतले पारित गरेको हो।

संविधान पारित भएपछि संविधानसभामा उपस्थित सभासदहरूले लामो समयसम्म ताली बजाएका थिए।