जोगवनी रेलवे स्टेशनबाट सात नेपाली महिलाको उद्धार

jogbani1विराटनगर- मोरङ प्रहरीले सात जना नेपाली महिलालाई जोगवनी रेलवे स्टेसनबाट उद्धार गरेको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार भारतको नयाँ दिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात जना महिलालाई उद्धार गरिएको हो ।

चितवन, सङ्खुवासभा, उदयपुर र सुनसरी घर भएका महिलाको उद्धार गरिएको हो । दिल्लीको बाटो हुँदै खाडीमुलुकतर्फ महिलालाई लगिँदै गरेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रेल चढ्न लाग्दा गएराति १२ बजे उद्धार गरेर ल्याएको हो ।

उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् ।