नेपाली अभिभावक कल्याण समाज लेपिंटन र नेपाली हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा भजन कृतन सम्पन्न

सिड्नी । नेपाली अभिभावक कल्याण समाज लेपिंटन र नेपाली हिन्दु समाज अष्ट्रेलियाको सयुंक्त आयोजनामा अस्ट्रेलियामा भजन कृतन सम्पन्न भएको छ । फेब्रुअरी १ तारिखका दिन प्राईज रिज पार्कमा भजन कृतन गरिएको हो ।

अस्ट्रेलियामा नेपाली बसोबासीको संख्या बढदै गईरहेको सन्दर्भमा नेपाली संस्कृति झल्किने गरी एकादशीको अवसर पारेर भजन कृतन गरिएको  नेपाली अभिभावक कल्याण समाज लिपिन्टन  अध्यक्ष यज्ञ शर्मा पौडेलले जानकारी दिए । एकादशीको अवसरमा प्रवचन, भजन कृतन लगायतका कार्यक्रम गरिएको उनले बताए ।

नेपाली समाजहरुलाई भेला बनाई नेपाली धर्मसंस्कृतिको बारेमा जानकारी गराउने र भजनकृतन गर्ने उद्धेश्य सहित अस्ट्रेलियाका विभिन्न ठाउँमा यो कार्यक्रम प्रत्येक महिना आयोजना गरिएको र यो कार्यक्रम सुरुवात भएको थियो।

दुई संस्थाले सयुंक्त रुपमा भजन कृतन कार्यक्रम अब नियमित रुपमा विभिन्न ठाउँमा गर्ने उनको भनाई छ । भजन कृतनमा युवा समाजसेवी बिनोद पौडलेको लगायत समाजका लब्द प्रतिस्ठ व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

यज्ञ प्रसाद शर्मा पौडेलको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष सुरेश कुमार पौडेलले गरेका थिए । नेपाली संस्कृति दोश्रो पुस्ता र तेश्रो पुस्तामा पुस्तानान्तरण गर्र्ने तथा धार्मिक महत्वको सार जगाउने उद्धेश्यले भजन कृतन गर्न लागिएको बताईएको छ ।