यस्तो छ प्रधानमन्त्रीको आज उच्चस्तरीय भेट

काठमाडौं– भारतको राजकीय प्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्नेछन् ।

भ्रमणको पहिलो दिनै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आकस्मिक भेट गरेका देउवाले आज औपचारिक भेट गर्नेछन् ।

प्रधानमन्त्री देउवाले आज बिहान माहात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । राष्ट्रपति कार्यालयमा विशेष राजकीय सम्मान (गार्ड अफ अनर) प्रदान गरिनेछ ।

१० बजे राष्ट्रपति भवनमा भारतीय बिदेशमन्त्री शुष्मा स्वराजसँग भेट गर्ने कार्यक्रम छ ।

स्वराजसँगको भेटपछि प्रधानमन्त्री देउवा भारतीय समकक्षीसँगको औपचारिक भेटका लागि हैदराबाद हाउस जानेछन् । बिहान साढे ११ देखि १२ बजेसम्म उनीहरुबीच वान टू वान वार्ता हुने कार्यक्रम छ ।