काठमाडौं – भातरले नेपाललार्इ अघाेषित नाकाबन्दी लगाएर संकट पारेकाे बेला नेपाल राष्ट्रबैँकले मनपरी भारतीय मुद्रा (भारु) सटहीमा अंकुश लगाएको छ । भारतीय रुपैयाँको कालोबजारी बढेकाे भन्दै राष्ट्रबैंकले मनपरी भारु सटहीमा अंकुश लगाएको हो । याे अंकुशपछि अव नेपालमा २ हजार पाँचसय रूपैयाँभन्दा बढी पैसा एकैपटक साट्न पाउने छैनन् ।
कालाबजारीयाहरूले पटक पटक लाईन लागेर भारु साट्ने र बजारमा कालोबजारी गर्ने धन्दा गरेकोले त्यसको नियन्त्रणका लागि विना कारण धेरै रकम साट्न नदिइएको राष्ट्रबैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बताए । पंगेनीका अनुसार अबदेखि धेरै भारतीय रुपैयाँ साट्नुपरेमा कारण देखाउनुपर्ने छ । ‘एउटै मान्छे पटक पटक लाईन लाग्ने र ब्ल्याकमा बेच्ने गरेपछि कालोबजारी नियन्त्रणका लागि प्रयास गरेका हौँ’, पंगेनीले भने – ‘उनीहरुलाई दिँदै दिन्न भन्न त मिलेन, धेरै भारतीय मुद्रा लिन चाहनेले आवस्यक पर्नुको कारण खुलाउनुपर्ने व्यवस्था गरेका छौँ ।’
राष्ट्रबैंकका अनुसार अव धेरै भारु सटही गर्न चाहनेहरुले आवश्यक पर्नुको कारण पुष्टि गर्ने कागजात देखाउनुपर्ने छ । उपचार, तिर्थयात्रा वा व्यापारका लागि भारु आवस्यक परेमा त्यसका कागजात देखाएपछि निमानुसार जतिपनि सटही गनी दिईने पंगेनीले बताए । ‘तिर्थयात्राका लागि जानेले टिकट र उपचारका लागि जानेले औषधोपचारका कागज देखाउन सक्छन्, साना व्यापारीका कागजात र ठूलाले सामान ल्याउन एलसी खोल्छन्’, उनले भने ‘त्यसो भयो भने नियमानुसार सटही भईहाल्छ ।’
पंगेनीले कागजात नदेखाई सामान्य नागरीकलाई कति रुपैयाँ दिने भन्ने नखुलाएपनि सामान्यतया अहिले एकजनाका लागि दुई हजार पाँचसय रुपैयाँसम्म सटही गर्न दिने राष्ट्रबैंक स्रोतले जनाएको छ । नागरीकलाई सामान्य आवस्यकताअनुसार दिन मिल्ने पंगेनीले बताए । ‘यति नै दिने भन्ने छैन हैन, सामान्य नागरीकलाई कामको आवस्यकता अनुसार हुन्छ ’ पंगेनीले भने ‘आज पच्चिससय दिईयोभोला भोली तीन हजार आवस्यक पर्ला ।’ कालोबजारी रोक्नका लागि राष्ट्रबैंकले सञ्चालन गरेको यो अभियानको भने भारतमा बिरोध भएको छ । भारतीय सञ्चारमाध्यमहरुले ‘नेपालमा भारतीय मुद्रा सटहीमा धेरै पाबन्दी’ लगाएकोले भारतमा बिरोध भएको जनाएका छन् । नेपाल भारत सीमाका व्यक्तिहरुलाई भारतमा आवतजावत गर्न समस्या परेको भारतीय मिडिया आजतकले लेखेको छ ।






