पशुपतिनाथ मन्दिरमा किन निम्तियो विवाद ? (भिडियोसहित)

काठमाडौं, चैत्र १९ । पशुपतिनाथ मन्दिरको ‘गर्भगृहमा भारतीयहरुलाई प्रवेश गराउने र पुरातात्विक महत्वका सामग्रीहरु निकाल्नुअघि मन्दिरका मूलभट्टलाई समेत थाहा नदिइएको’ खुलासा भएको छ ।
मन्दिरका भण्डारीहरुले मूलभट्ट र पदाधिकारीहरुलाई पनि त्यस विषयमा थाहा नदिइएको बताएका हुन् ।
कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले अनुसन्धानकालागि आएका ८ जनाको भारतीय टोलीलाई गर्भगृहमा प्रवेश गरी पुरातात्विक महत्वका सामाग्रीको तस्वीर लिन दिएको भण्डारीहरुले बताएका छन् । भण्डारीहरुको विरोधपछि गृहमन्त्री बामदेव गौतमको आदेशमा गर्भगृहमा पस्ने र पुरातात्विक महत्वका सामग्रीको तस्वीर लिने काम रोकिएको बताइएको छ ।