कांग्रेस क्रियाशील सदस्यता सभापतिलाई बुझाइयो

sushil koirala

काठमाडौ.– नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित ‘केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति’ ले त्यसको प्रतिवेदन सभापति सुशील कोइरालालाई बुझाएको छ ।

मितिको प्रतिवेदनका सम्बन्धमा यही पुस १ गतेको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिमा उठेका विचार र सुझावलाई समेत दृष्टिगत गरी तीन दिनभित्र प्रतिवेदन सभापतिलाई बुझाउनु पर्ने निर्णय गरेको थियो । साथै सभापतिले सो प्रतिवेदन तेह्रौँ महाधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिमा पठाउनु पर्ने निर्णय गरिएको थियो ।

समितिले सभापति कोइराला निवास महाराजगञ्जमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमानसिंह लगायतको सहभागितामा प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित बुझाएको समितिका सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो ।

अब सभापतिले सो प्रतिवेदन निर्वाचन समितिलाई बुझाउने र सोहीअनुसार पार्टीको स्थानीय तहको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । कांग्रेस क्रियाशील सदस्यतामा सभापति र महामन्त्रीको अन्तिम हस्ताक्षरपछि मात्र आधिकारिक हुन्छ ।