राष्ट्रपति निर्वाचित भएपछि भण्डारी पहिलोपटक जन्मथलोमा

bidhya bhandari
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार आफ्नो जन्मथलो भोजपुर जाने भएकी छन्।

भोजपुर बहुमुखी क्याम्पसको स्वर्ण जयन्ती समारोहमा उनी सरिक हुने कार्यक्रम छ । त्यसपछि उनी आफ्नो जन्मघर जाने कार्यक्रम छ। बिहान साढे १० बजेतिर उनी नेपाली सेनाको हेलिकप्टरमा भोजपुर जाने राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति बनेपछि उनी पहिलोपटक आफ्नो जन्मथलो जान लागेकी हुन्।