७५१ जना पूर्वलडाकु र वाईसीएल बाबुरामको नयाँशक्तितिर

baburam bhattaraiकाठमाडौं- पूर्व जनमुक्ति सेना र योङ कम्युनिष्ट लिग वाईसीएलका ७५१ जना सदस्यहरुले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्तिमा जाने निर्णय गरेका छन् ।

एकीकृत नेकपा माओवादीले नयाँ शक्तिमा कोही पनि पूर्व जनमुक्ति सेना र वाईसीएल नगएको दाबी गरिरहेका बेला राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिइएको हो ।

पुस ५ गते काठमाडौंमा बसेको पूर्व जनमुक्ती सेना र वाईसीएलको भेलाकोनिर्णय सार्वजनिक गर्दै केन्द्रीय प्रशिक्षण विभाग प्रमुख उदयबहादुर राईले जनमुक्ति सेना र वाईसीएल गरी ७५१ जना नयाँ शक्तिमा जाने निर्णय भएको जानकारी दिए ।

पूर्व जनमुक्ति सेना प्रतिष्ठान गठन गर्ने निर्णय गरेको भेलालले त्यसको जिम्मेवारी तत्कालिन फष्ट डिभिजन सहायक कमाण्डर हरिबहादुर श्रेष्ठ, छैटौं डिभिजन सहायक कमाण्डर दुर्गा चौधरी, तेस्रो डिभिजन सहायक कमाण्डर जनक विष्ट, फष्ट डिभिजन सहायक कमाण्डर रामबाबु थापा र ब्रिगेड सहकायक कमाण्डर कुशल रक्षालाई दिइएको पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा जनाइएको छ ।