भैरव मन्दिरको दर्शन गर्न पुगे पूर्व युवराज पारस

काठमाडौं– पूर्व युवराज पारस शाहले मंगलबार काठमाडौंको टेकूस्थित पचली भैरव मन्दिरको दर्शन गरेका छन् ।

पूर्व युवराज शाहले भरवनाथ मन्दिरमा पुगी पूजा आराधना गरेका हुन् । त्यस अवसरमा मन्दिर परिसरमा उनलाई पञ्चैबाजा बजाएर स्वागत गरिएको थियो ।

पूर्व युवराज शाह मन्दिर पुग्दा उनका समर्थकहरुले ‘सरकारको जयहोस’ जस्ता नाराबाजी समेत गरेका थिए ।