लण्डन । नेपाल मुक्तक प्रतिस्ठान बेलायत शाखाको आयोजनामा आगामी अप्रिल २८ तारिक २०१८ का दिन १बजे ‘मुक्तक महक ‘ को विमोचन हुन गैइरहेको छ।
उक्त संग्रह नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाले प्रकाशन गरेको हो ।
कार्यक्रममा नेपाली महामहिम राज्दुत डा .दुबसु क्षेत्रीज्युको प्रमुख आतिथ्यमा नबिनतम मुक्तक सग्रह “मुक्तक महक”को विमोचन हुदैछ।
“मुक्तक महक “भित्र बेलायतमा रहेर साधनारत १८मुक्तककाहरुका २०,२०वटा रसिला कसिला र जोसिला मुक्तकहरु समाबेश गरिएका छन् ।
नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले कार्यक्रममा रसास्वादनका लागि सबै साहित्यानुरागी उपस्थित हुन आग्रह समेत गरेका छन् ।






