‘कर्के नजर’ अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुँदै, बिजेतालाई रु. एक लाख पुरस्कार

अस्ट्रेलिया । केहि दिन अघि सार्वजनिक गायक सन्जिब पराजुली र गायिका टीका प्रसाईंको गीत ‘कर्के नजर’ मा अन्तराष्ट्रिय नृत्य प्रतियोगिता हुने भएको छ ।

बाबा एजुकेशन कन्सल्टेन्सी र आर के एस अस्ट्रेलियाको आयोजनामा हुन लागेको यो नृत्य प्रतियोगिता २०७५ माघ २७ गते बाट शुरु भई २०७६ बैशाख ७ गतेसम्म रहने छ । यस अवधिभर प्रतियोगितामा भाग लिन इच्छुक प्रतियोगीहरुले ‘कर्के नजर’ गीतमा नाचेर भिडियो पठाउनु पर्नेछ ।

कतै अडिसन दिनु नपर्ने, कतै फारम भर्न नपर्ने, घरै बसी बसी आफुमा भएको प्रतिभा विश्व सामु प्रस्तुत गर्न सकिने यस प्रतियोगितामा उत्क्रिस्ट एक प्रतियोगीलाई रु एक लाख नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको बारेमा थप जानकारीका लागि गायक संजीब पराजुली र गायिका टीका प्रसाईंको फेसबुक पेज र www.sanjibparajuli.com मा गई हेर्न सकिनेछ । प्रतियोगितामा क्लासि बजार डट कमको सहयोग रहेको छ ।

नेपाल र नेपाल बाहिर रहेका नेपालीहरुमा नेपाली भाषा, कला र संस्कृतिको प्रवर्धनमा गीत, संगीत र नृत्यले उल्लेखनिय योगदान पुर्याई रहेको हुन्छ ।

‘कर्के नजर’ अन्तरराष्ट्रिय नृत्य प्रतियोगिताले यसमा थोरै भए पनि केहि योगदान पुर्याउने छ भन्ने कुरामा बाबा एजुकेशन कन्सल्टेन्सीका सीइओ रबिन्द्र कुमार शर्माले विश्वास ब्यक्त गर्नु भयो । शर्माले यो भन्दा पहिले ‘नाइँ मलाई थाहा छैन’ अन्तराष्ट्रिय नृत्य प्रतियोगिताले पाएको सफलता र उपलब्धिहरुबाट आफुलाई खुशी र हौसला मिलेको र सोहि अनुसार ‘कर्के नजर’ गीतमा पनि प्रतियोगिता आयोजना गरिएको कुरा बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *